प्रतिकार गर्ने चेतावनी दिएर विप्लवका नेताहरु भूमिगत

biplabprakanda

 काठमाडौं । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आपराधिक संगठन घोषणा गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अर्धभूमिगत रहेका सबै नेता भूमिगत भएका छन् ।

  सरकारले प्रतिबन्ध घोषणा गरे लगतै प्रतिकार गर्ने चेतावनी दिएर नेताहरु भूमिगत बनेका हुन् । विप्लव माओवादीले सीके राउतलाई काखी च्यापेर आफूहरुको पार्टीमाथि प्रतिबन्ध घोषणा गर्नुलाई सरकार आफैले युद्धको वातावरण सिर्जना गरिरहेको आरोप लगाएको छ ।

 पार्टीमा प्रतिबन्ध लागेपछि नेता–कार्यकर्ता धरपकडमा पर्नसक्ने देखिएसँगै विप्लवका नेता–कार्यकर्ता भूमिगत भएका हुन् । सर्वसाधरणको ज्यान नै जाने गरी बम विष्फोटन र चन्दा मागरे त्रास सिर्जना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

 सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेल गत्तै बिप्लब समुहले जवाफ स्वरुप भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट गराएको छ। 

Comments

Top