खानपान र शारीरिक व्यायाममा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

kp sharma oli_1

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताएका छन् । विश्व मिर्गौला दिवसको अवसरका त्रिवि शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन्। प्रधानमन्त्री ओलीले कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेका थिए ।

Comments

Top