स्मार्ट पुलिसिङमा ध्यान दिन आईजीपी खनालको निर्देशन

ihpjhapa

 झापा। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झापा जिल्लालाई भौतिक साधनस्रोत तथा प्रविधिको सहयोगबाट न्यून प्रहरीको उपस्थितिले अधिकतम शान्ति सुरक्षाको वातावरण सिर्जना गर्ने र यस जिल्लालाई मुलुककै नमूना जिल्लाको रुपमा विकसित गर्ने लक्ष्य रहेको वताएका छन् ।

 जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई बिहीबार निरीक्षण तथा निर्देशन दिँदै आईजीपी खनालले जनचाहना अनुरुप इमान्दार , अनुशासित र व्यवसायिक भई कार्य सम्पादन गर्न जोड दिए।

 आईजीपी खनालले शान्तिसुरक्षा अमनचैन कायम एवं भयरहित वातावरण सिर्जना गरी विकास निर्माणको माध्यमले मुलुकलाई समृद्धितर्फ लैजाने कार्यमा सहयोगी भई काम गर्नुपर्ने उल्लेख गरे । प्रहरीप्रति नागरिकको भरोसामा कुनै कमी आउन नदिई स्मार्ट पुलिसिङमा विशेष ध्यान दिन प्रहरी कर्मचारीहरुलाई आईजीपी खनालले निर्देशन दिए ।

 सशस्त्र विद्रोह, हातहतियार, लागूऔषध, जघन्य अपराध लगायतका अपराध र अपराधीसँग कुनै सम्झौता नगरी त्यस्ता तत्वलाई कुनै पनि हालतमा कानुनको दायरामा ल्याउनुपर्नेमा आईजीपी खनालले जोड दिए । आर्थिक अनुशासनमा शून्य सहनशीलताको नीतिलाई पूर्ण रुपमा अवलम्बन गरी आईजीपी खनालले गुण्डागर्दी, तस्करी जस्ता अपराध नियन्त्रणमा उच्च मनोबलका साथ काम गरी सकारात्मक प्रतिफल देखाउनुपर्ने उल्लेख गरे ।

Comments

Top