माथिल्लो तामाकोशीको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

accident

   दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको कामदार बोकेको को बा४ख ४५७३ नम्बरको बस दोलखामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बस सडकबाट ३० मिटर तल खसेको छ ।

शुक्रबार बिहान ७ः४५ बजे बिगु गाउँपालिका–१, नयाँबाटोमा बस दुर्घटनामा पर्दा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Top