अवैध सुनका गहनासहित चार जना पक्राउ

sun

   काठमाडौं । प्रहरीले अवैधरूपमा सुन विदेश लैजान खोज्दै गरेका चार जनालाई पक्राउ गरेको छ। प्रहरीले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग १० लाख १५ हजार रुपैयाँ पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग १७ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Comments

Top