मुकेशले तिरिदिए भाईको ४६२ करोड ऋण

mukesh

   काठमाडौं । भारतका चर्चित उद्योगपति मुकेश अम्बानीले आफ्ना भाई अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । अनिल अम्बानीको दूरसंचार कम्पनी आर कमले एरिक्सनलाई तिर्न बाँकी रहेको ४६२ करोड भारतीय रुपैयाँ दाजु मुकेशले तिरिदिएपछि अनिल अब जेल जानु नपर्ने भएको छ ।

१९ मार्चसम्म मात्र आजसम्मको भाका दिइएको यो रकम नतिरेको खण्डमा आरकमका अध्यक्ष अनिललाई ३ महिनाको जेल सजाय हुने उच्च अदालतले फैसला गरिदिएको थियो।

यो परिघटना अघिसम्म दाजुभाइबीच खास राम्रो सम्बन्ध थिएन। बाबु धिरुभाइ अम्बानीको शेखपछि आफ्नो आफ्नो व्यवसायमा लागेका यी उद्योगपती दाजु एक अर्कोलाई आफ्नो श्पर्धी ठान्थे।

‘मेरा दाजु भाउजुले अफ्ठेरो समयमा गरेको मद्दतले परिवारको मूल्यमान्यता तथा महत्वलाई कायम राखेको छ, त्यसका लागि मैले दाइभाउजुप्रति आभार प्रकट गर्छु’, आफूलाई संकट मोचन गरेपछि भाइ अनिलले भनेका छन्–‘म कृतज्ञ छु।’

अनिलको नेतृत्वको रिलायन्स कम्युनिकेसन्समा दूरसंचार उपकरण बनाउने स्वीडेनको कम्पनी एरिक्सनको करिब ५५० करोड रुपैयाँ भुक्तानी नगर्दा अनिल समस्यामा परेका थिए।

एक महिनाअघि नै उच्च अदालतले अनिललई चार हप्ताभित्र रकम चुक्ता नगरे जेल अदालतको अवहेलना अन्तर्गत जानुपर्ने आदेश दिएको थियो। यो सीमा मंगलबार सकिँदै थियो।

उच्च अदालतको आदेश अनुसार मंगलबार अन्तिम म्याद रहेको रकम सोमबार नै दाजुले ४६२ करोड रुपैयाँ तिरिदिएपछि अनिल जेल जानबाट जोगिएका छन्।

यसकालागि अनिल अम्बानीको कम्पनीले पहिले नै उच्च अदालतमा ११८ करोड रुपैयाँ जम्मा गरिसकेको थियो। २० दिन पहिले उनले ३ करोड रुपैयाँ ब्याज पनि जम्मा गरिदिएका थिए।

Comments

Top