वीरमा पुनः भ्रष्ट समूह सक्रिय

bir hospital

    काठमाडौं । लामो सयमदेखि पदाधिकारीबिहिन बनेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी नियुक्ति भएसँगै भ्रष्ट समूह पुनः सल्बलाएको छ । ८ महिनापछि वीर अस्पतालमा उपकुलपतिलगायत सबै पदाधिकारी नियुक्ति भएसँगै पुनः आफूहरूको दिन फर्केको भन्दै भ्रष्ट समूह सल्बलाएको वीरका एक कर्मचारी बताउँछन् ।

उपकुलपति बाहेक सबै पद आफूनिकट भएको भन्दै निर्वतमान उपकुलपति डा. गणेश गुरूङ हुँदा वीरमा करोडौं भ्रष्टाचार गरेको समूह अहिले फेरि लिप्त हुन थालेको हो । तत्कालिन समयमा न्युरो सिटीस्क्यान, टेमेग्राफी मेसिन खरिद, वीर अस्पताल सेवा आयोगमार्फत कर्मचारी भर्ना, बिना टेन्डर औषधी पसल सञ्चालनलगायतमा अनियमितता गरेको यो समूहमाथि अहिले पनि उपकुलपति प्र्राडा. देवनारायण साहलाई प्रभावमा पारी पुनः सेटिङ मिलाउन थालेको आरोप छ ।

उक्त समूहले वर्तमान निर्देशक, डिन, रजिष्ट्रार र रेक्टर तथा खरिद प्रमुख सबै आफ्नो भन्दै औषधि पसले, सामान उपलब्ध गराउने ब्यापारीलगायतसँग सेटिङ मिलाई सकेको वीर अस्पताल स्रोत बताउँछ । त्यतिमात्र होइन, यो समूहले मेडिकल स्टोर, जनरल स्टोर र खरिद इकाईमा जाने कर्मचारीहरूको लिस्ट तयार पारी कर्मचारीहरूसँग ‘मासिक कति बुझाउँछौं’ भन्दै बार्गेनिङ गर्न थालेको छ ।

रजिष्टार प्रमिला देवान र डिन पियुस दाहलको आशिर्वाद पाएको यो समूह वीर प्रसासनबाट रिक्त दरबन्दी खोज्दै हिँडेको छ । यो समूहले हत्यारा र बल्तकारीलाई जोगाउन घटनाको समयमा उक्त ब्याक्तिहरू अस्पतालमा भर्ना भएको नक्कली कागज बनाएको पनि खुलेको छ । यो समूहमा अहेव बिण्णू फुयाल, नवराज धिताल, बैकुन्ठ लुइटेल, लक्ष्मी केसीलगायत छ ।

पूर्व भिसी डा. गुरूङ र खरिद प्रमुख भगवती थपलियालाई राष्ट्रीय सर्तकता केन्द्रले कात्तिक ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाई आवश्यक कारवाही गरी रकम असुल गर्न र कानूनी कारवाहीको लागि कात्तिक १२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ ।

तर, सर्तकताले स्वास्थ्य मन्त्रालय र वीर अस्पतालमा सो निर्णयको जानकारी पठाउँदा पनि खरिद प्रमुख थपलियामाथि कारबाही हुन सकेको छैन ।

थपलिया नेकपा निकटका वीर अस्पतालका केही कर्मचारी र नेताहरूलाई पैसा बुझाएकै भरमा खरिद शाखामै टिकिरहेकि छन् । थपलिया यतिबेला ‘नयाँ निर्देशक डा. केदारप्रसाद सेन्चुरी त मेरै पोल्टाको हो’ भन्दै समायोजनमा केही कर्मचारीहरू वीरबाट जाने भयपछि खरिदमा नयाँ टिम बनाउन तल्लिन छन् ।

रजिष्ट्रार देवानमाथि वीर अस्पताल नर्सिङ क्यापसमा बषौं रहँदा ब्यापक भष्टाचार गरेको आरोप छ । त्यस्तै डिन दाहल प्लास्टिक सर्जन हुन् । वीर अस्पतालमा बेड हुँदा हँुदै अस्पतालमा बेड छैन भनी आफ कार्यरत किर्तीपुरको अस्पतालमा विरामी पठाएर कमिसन बुझ्ने डाक्टरको रूपमा चिनिन्छ । उनीमाथि साहयक डिन हुँदा प्रवेश परीक्षामा ब्यापक अनियमितता गरेको पनि आरोप लागेको छ । 

वीरमा निर्माणाधिन सर्जिकल भवनको ठेकेदारसँग पनि यो समूहले पैसा माग्न सुरू गरेको, जाइकाले बनाई दिएको भवनमा चाहिने उपकरणका लागि ब्यापारीहरूसँग बार्गेनिङ गरेको, भक्तपुरको दुवाकोटमा बन्ने बिस्तारित वीर अस्पतालको डिपिआर गर्न आफू निकट कन्सलटेन्सी खोजी शुरु गरेको स्रोत बताउँछ ।

Comments

Top