प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न प्रशिक्षण प्रणालीलाई परिष्कृत गराइने : आईजीपी खनाल

polictraining

 काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सर्वेन्द्र खनालले प्रहरीमा समयसापेक्ष दक्ष जनशक्ति उत्पादन गर्न आगामी प्रशिक्षण प्रणालीलाई थप परिष्कृत गराइने वताएका छन् ।

 राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार २०७६र०७७ को वार्षिक तालिम योजना निर्माण सम्बन्धी गोष्ठीको आयोजित एक कार्यक्रमबीच समापन गर्दै आईजीपी खनालले प्रशिक्षण प्रणालीमा सुधार ल्याउन गोष्ठीका निष्कर्ष महत्वपूर्ण र फलदायी हुने उल्लेख गरेका हुन ।

 ती निष्कर्ष र योजनालाई उच्च प्राथमिकता र सान्दर्भिकताका आधारमा लागू गर्दै जाने आईजीपी सर्वेन्द्र खनालले बताए ।
प्रहरी सेवाप्रति निष्ठावान जनशक्ति उत्पादन गर्न तालिम प्रदायक निकायहरुले तालिमको सामग्री, पाठ्यक्रममा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै आईजीपी खनालले खुसीकासाथ तालिममा सहभागी हुने वातावरण निर्माण गरी प्रशिक्षार्थीले स्वअनुशासित भएर तालिममा सहभागी हुने अवस्था बनाउनुपर्नेमा समेत जोड दिए ।

 नियमित गतिविधिलाई थप परिमार्जन गरी नयाँ रचनात्मक विषयवस्तुको समावेश गरी वार्षिक तालिम योजना निर्माण गरी प्रशिक्षण प्रदान गरिएमा प्रशिक्षार्थीहरु थप लाभान्वित हुने आईजीपी खनालको भनाइ थियो।

  तालिम केन्द्रहरुले आवश्यक्ता अनुसार इ-लाइब्रेरी, तालिमका लागि सहयोग सामग्री, भिडियो कन्फ्रेरेन्स लगायतलाई उचित प्रयोग गरी तालिम दिनुपर्ने उल्लेख गर्दै आईजीपी खनालले नेपाल प्रहरीले नागरिक समाजमा प्रभाव पार्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको प्रशिक्षण दिइनुपर्ने उल्लेख गरे ।

 प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले गोष्ठीको सारसंक्षेप प्रस्तुत गर्दै मुलुकको बदलिंदो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आत्मबलयुक्त, निर्भिक बनाउने प्रशिक्षण एवं प्रहरी युक्ति तथा कारवाही तालिम संचालन गर्नुपर्ने वताए । समुदाय-प्रहरी साझेदारी कार्यक्रमको लागि दक्ष प्रशिक्षक तयार गरी प्रशिक्षण संचालन गर्नुपर्ने समेत उनले उल्लेख गरे ।

 चार दिवसीय उक्त गोष्ठीमा तालिम प्रदायक संस्थाका निर्देशक, प्राचार्य, समादेशक, प्रहरी प्रधान कार्यालयका विभिन्न निर्देशनालय, महाशाखा, शाखाका प्रमुख तथा प्रतिनिधिहरु, उक्त प्रतिष्ठानका सहभागीहरु एवं प्रतिष्ठानको तत्वावधानमा तालिम संचालन हुने प्रहरी कार्यालयका प्रतिनिधिहरुले आ-आफ्नो संस्था तथा कार्यालयको तालिम आवश्यकता तथा आवश्यक स्रोत व्यवस्थापन सम्बन्धी विषय उठान, प्रस्तुतीकरण तथा छलफल गरेका थिए ।

 गोष्ठी समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रदेशस्थित तालिम केन्द्रका प्रमुखहरु, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रमुख, प्रहरी युक्ति तथा तालिम महाविद्यालयका प्रमुख, बरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

Comments

Top