अमेरिकामा प्रचण्डबिरुद्दको षडयन्त्र असफल भएपछि डा.केसीको खतरनाक खेल

kckhel

 काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुगेका बेला डा.गोबिन्द केसी द्धन्द्धकालिन मुद्दाको बिषयमा राष्ट्रसंघलाई ज्ञापनपत्र बुझाएका छन् ।

 दश वर्षे द्धन्द्धका दोषीलाई कारबाहीको माग गर्दे डा.केसी सहित चार जनाले राष्ट्र संघ भवन, पुल्चोक मार्फत आज राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

 मंगलबार डा.केसी सहित अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रतिम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिना ज्ञापनपत्र बोकेर संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय पुगेका थिए । डा.केसी र उनका सहयोगी मानिएका अधिवक्ता अर्याल लगायतले प्रचण्डको भ्रमणलाई नै प्रभावित पार्ने गरी ज्ञापनपत्र बुझाएका हुन् । 

 ज्ञापनपत्रमा सशस्त्र द्वयन्दवको दश वर्षेमा भएका गम्भीर अपराधका घटना मानवताविरुद्धको अपराध भएकोले उक्त अपराधका दोषीलाई फौजदारी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।

 चिकित्सा क्षेत्रको मुद्दा छाडेर पछिल्लो समय राजनीतिक मुद्दा बोकेर हिंडेका डा.केसीको बारेमा आलोचना भएको थियो। पत्नीको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष प्रचण्डबिरुद्द डा. केसीले मानबिय संबेदनशिलता भन्दा बाहिर गएर उजुरी दिएका छन्।  

 अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा देखिएको रोगको उपचारका लागि अमेरिकामा छन् । प्रचण्ड बिरुद्ध अमेरिकामा समेत डा. तिलक श्रेष्ठ नामका व्यक्तिले उजुरी हाले पनि अमेरिकाले ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ ।

 अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर प्रचण्डका लागि जारी गरेको दुताबासले जनाएको छ ।

Comments

Top