होलीलाई मर्यादित बनाउन काठमाडौंमा ३ हजार सुरक्षाकर्मी परिचालन

holisafe

 काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

 फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । काठमाडौं उपत्यकामा होलीलाई मर्यादित बनाउन ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 होलीमा कसैले अमर्यादित गतिविधि गरे तत्काल पक्राउ गरिने प्रहरीको योजना छ । यस्तै आज होलीका दिन उपत्यकाका ७७ स्थानमा ट्राफि चेकजाँच गरिने भएको छ । होलीमा मादक पदार्थ सेवन रोक्न र अप्रिय दुर्घटना हुन नदिन चेकजाँचमा कडाई गरिएको हो ।

Comments

Top