होलीमा अमर्यादित गतिबिधीमा संलग्न ८४ जना उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ

Nepal-police

 काठमाडौं । होली पर्वको अवसरमा उपत्यकास्थित विभिन्न स्थानहरूमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित गतिविधिमा संलग्न ८४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

 महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले ५ सय १५ मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

Comments

Top