पाँच आयोगमा अध्यक्षको नियुक्ति, मुस्लिम आयोगमा संकास्पद प्रमाणपत्रधारी

sapath

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकी हुन् ।

 राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आजै आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराएकी छन् । नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका अन्सारीलाई संसदीय समितिबाट अनुमोदन गर्ने कि नगर्नेमा सत्तारूढ नेकपाभित्रै विवाद देखिएको थियो ।अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भन्दै समितिमा उजुरी परेको थियो।

 अन्सारी र विभिन्न सरकारी निकायबाट प्राप्त कागजातका आधारमा अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे समिति विश्वस्त हुन सकेको थिएन तर अन्तिममा उनलाई नियुक्ती गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार अन्सारीले २०५५ पुस २२ गते नागरिकता लिएका छन् । 

 तर त्यति बेलाको अभिलेखमा उनको जन्ममिति नपाइएको समितिका सदस्य योगेश भट्टराईले वताएका थिए । अन्सारीले २०६६ भदौ ९ गते नागरिकताको प्रतिलिपि लिएका छन्। प्रतिलिपिमा उनको जन्ममिति २०३० भदौ २४ गते उल्लेख छ। पछिल्लो अभिलेखमा जन्ममिति २०३७ साल असोज २४ गते उल्लेख छ। यति हुँदा समेत उनले नियुक्ती पाएपछि नेकपा भित्रै तरङग मच्चिएको छ।

Comments

Top