एसइई परीक्षामा ४ लाख ७५ हजार सहभागी हुदै,अन्तिम तयारीमा अभिनेत्री मानन्धर

karishma

 काठमाडौं । चैत १० बाट संचालन हुने एसइई परीक्षामा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुँदै छन् ।

 राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । परीक्षाको सबै तयारी पुरा भएको एसइइ बोर्डले जनाएको छ । यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्ष अन्तर्गतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तरगत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

 परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत सरोकार पक्षसित संयुक्त बैठक बोलाएर तयारी गरिएको छ । परीक्षामा प्रदेश अनुसार नै प्रश्नपत्र छपाई गरीएको बोर्डले जनाएको छ ।
परीक्षा चैत १० देखि २१ गतेसम्म सञ्चालन हुनेछ । यो पटक सबैभन्दा रोचक पक्ष के छ भने चर्चित अभिनेत्री करिश्मा मानन्धर पनि एसइई परीक्षामा सहभागी  हुँदैछिन ।

 व्यस्त जीवनशैलीबाट समय निकालेर अभिनेत्री करिश्मा मानन्धरले केही वर्ष अघि सबैलाई छक्क पार्दै स्कुल पढ्न थालेकी थिइन ।परीक्षालाई लक्षित गरेर उनी दैनिक १६ घन्टासम्म पढ्ने गरेको बताउँछिन् ।

Comments

Top