बिप्लबविरुद्ध सरकार कठोर बन्दा दुई नेताबीच गम्भिर मतभेद

bipprak

 काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिप्लब समुह विरुद्ध सरकार कठोर बन्दै गएका बेला ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीचको मतभेद पनि बढ्दै गएको छ ।
विप्लवको उदारतालाई प्रकाण्डले आफ्नो स्वार्थमा प्रयोग गरेपछि नेकपाभित्र विवाद उत्पन्न भएको हो ।

 सुरुवाती दिनमा पार्टीभित्र र जनवर्गीय संगठनहरूमा हाबी देखिएका ‘प्रकाण्ड’ पछिल्लो समय निरिह बन्दै गएका छन् । प्रकाण्डको संकास्पद गतिविधिबाट आजित बनेका उनी पक्षधर नेताहरूले समेत क्रमशः साथ छाड्न थालेका छन् ।

  दाङ र कपिलवस्तु आसपास बनेको स्थायी समितिमा पनि ‘प्रकाण्ड’को शंकास्पद गतिविधिलाई लिएर ठूलो बहस भएको थियो ।

केन्द्रीय कमिटीमा ‘प्रकाण्ड’ बलियो छन् । स्थायी समितिमा ‘प्रकाण्ड’ कमजोर मानिन्छन् । पाँच सदस्यीय स्थायी समितिमा ‘प्रकाण्ड’लाई सन्तोष बुढाले मात्रै साथ दिएका छन् । अनिल शर्मा र धर्मेन्द्र बास्तोला ‘विप्लव’सँग छन् ।

पक्राउ परेका बेला रिहा हुन ‘प्रकाण्ड’ले गरेको काण्डबाट ‘विप्लव’ रिसाएका छन् । त्यति मात्रै होइन चन्दा उठाएको रकमको पारदर्शी हिसाव ‘प्रकाण्ड’ले बुझाएका छैनन् ।

ठूला उद्योगी, व्यापारी, शिक्षक, कलेज, विद्यालय, एनसेल आदिबाट जबरजस्ती उठाएको चन्दाको रकम ‘प्रकाण्ड’ले हिनामिना गरेको स्रोतले जनाएको छ ।

‘प्रकाण्ड’का यस्ता खालका हर्कतबाट ‘विप्लव’ आजित बनेका छन् । सोही कारण ‘प्रकाण्ड’लाई विप्लवले अघोषित रुपमा कारबाही गरेका छन् ।

Comments

Top