एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रायमाझी नियुक्त

whats

 काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडको ५५औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरिएको छ ।

रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।

 विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको नेतृत्वमा कार्यकालमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास यसले लिएको छ।
एनआईसी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवा प्रदान गर्दै आईरहेको छ ।

 

Comments

Top