रातो टीका निधारमा नायिका साम्राज्ञी

samragyi

 काठमाडौं । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले अशोक शर्माको निर्देशनमा बन्न लागेका फिल्म रातो टीका निधारमा साइन गरेकी छन्।

 साम्राज्ञी निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिने छिन् । १६ लाख पारिश्रमिक लिने गरी उनले उक्त फिल्म साइन गरेकी हुन्।

 सोमबार निर्देशक शर्माले साम्राज्ञीलाई लिड रोलमा अनुबन्ध गरेका हुन्। शर्माका छोरा यही फिल्मबाट डेब्यु गर्दै छन्। अहिले नबल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त साम्राज्ञीले निर्देशक हेमराज बीसीको फिल्म ‘शुभविवाह’ पनि साइन गरिसकेकी छन्। यो फिल्ममा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दै छिन्।

Comments

Top