ठमेलमा एक सातापछि चर्चित भारतीय गायिका नेहा कक्करले धमाका मच्चाउँदै

Neha-Kakkar1-wallpaper-hd

 काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कर एक सातापछि काठमाडौं आउने भएकी छिन् ।

 प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । नेपालमा पनि उत्तिकै फ्यान भएका कारण आयोजकले उनलाई ल्याउन लागेको वताइएको छ। चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते  ठमेलको लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा धमाका मच्चाउँदै छिन् ।

 आँख मारे, काला चश्मा, दिलबर लगायतका गीत पनि उत्तिकै हिट छन् । नेपालमा पनि नेहाका फ्यान छन् । नेहा त्यस्ती गायिका हुन्, जो चर्चित रियालिटी शो इन्डियन आइडलबाट बीच मै आउट भएकी थिइन । तर,त्यसको केहि वर्ष पछी इन्डियन आइडलकै जज बन्न सफल भइन ।

Comments

Top