एनआरएनए मध्यपूर्वद्वारा बाराका आँधीहुरी प्रभावितलाई राहत वितरण

nrna2

 काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपुर्ब र मलेसियाका पदाधिकारीहरुले बाराका हावाहुरी प्रभावित जनतालाई राहत वितरण गरेका छन् ।

 एनआरएन मध्यपूर्व संयोजक आर के शर्मा, एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ,आईसिसी सचिब डिबी क्षेत्री,आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठलगायतको उपस्थितिमा बारामा राहत वितरण गरिएको हो ।

 nrana1

 एनआरएन मध्यपूर्व र मलेसियाको टोलीले बाराको गाउँ–गाउँमा गएर झुल, टेन्ट र खानपिनका सामानहरु वितरण गरेको हो।

 एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविन गुरुङका अनुसार हावाहुरी प्रभावित ५ सय जनालाई झुल, त्रिपाल, नुडल्सलगायतका सामाग्रीहरु आज बितरण गरिएको हो। एनआरएनको टोलीलाई गैर आवासिय नेपाली तथा सफल युवा व्यबसायी राज रेग्मी र मोहम्मद मुक्टडा मुसलमानले बिदेशबाट राहत संकलनमा  सहयोग गरेका छन्। 

  

Comments

Top