बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु, १४ जना घाइते

malesiya

  काठमाडौं । मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन । घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर छ ।

Comments

Top