सर्वोच्चको अन्तरिम निर्णय जलाउँदै आन्दोलनमा उत्रियो फोरम

sarbocha

 बीरगञ्ज। सत्तारुढ संघीय समाजबादी फोरम नेपालले सर्वोच्च अदालतको अन्तिरिम आदेशको प्रतिलिपि जलाएको छ । सर्वोच्चको अन्तरिम निर्णय जलाउँदै फोरम नेपाल आन्दोलनमा उत्रिएको छ।

 जन्मको आधारमा नागारिकता पाएकाका सन्तनालाई वंशजको नागरिकता दिने गृहमन्त्री रामबहादुर थापाको निर्णय सर्वोच्चले तत्कालका लागि रोकिदिपछि अदालत बिरुद्ध फोरम उत्रिएको हो। फोरमका कार्यकर्ताले मंगलबार बीरगञ्जमा अदालतको अन्तिरिम आदेशको प्रतिलिपि जलाएका छन्।

सर्वोच्चको निर्णय मधेशी विरोधी भएको भन्दै समाजवादी फोरम बीरगन्ज महानगर समितिले, प्रर्दशन सहित घन्टाघर चोकमा, सर्वोच्च बिरुद्ध नाराबाजी गर्दै, अन्तिरिम आदेशको प्रतिलिपि लगाएको हो। फोरम कार्यकर्ताले सर्वोच्च अदालतको निर्णय नसच्याए आन्दोलन चर्काउने धम्की समेत दिएका छन्।

Comments

Top