समिट एयरको बिमान लुक्लामा दुर्घटना , कोपाईलट र ड्युटीमा रहेका १ प्रहरीको मृत्यु

lukla

काठमाडौं। सोलुखुम्बुको  लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको छ ।   समिट एयरको जहाज  हेलिकप्टरसँग ठोक्किदा  जहाजका कोपाइलट सुदीपढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हो  ।

 समिट जहाज पार्किङ्मामा रहेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किदा समिट एयरका कोपाईलट र ड्युटीमा रहेका १ प्रहरीको मृत्यु भएको हो ।

पाइलटसहित अन्य ३ जना अवस्था गम्भीर रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन् । समिट एयरको जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्रीएयरको हेलिकप्टरसित ठोक्किएको  चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको हो। 

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ र एक प्रहरी गभ्मीर घाइते छन्। उक्त जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन्। घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

 

Comments

Top