स्मार्ट डोकोको नयाँ वर्षको अफर, ७० प्रतिशतसम्म छुट

smart doko

   काठमाडौं । नयाँ वर्षको अवसरमा स्मार्ट डोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७० प्रतिशत सम्मको छुट सहित “नयाँ वर्षको अफर” अभियान सञ्चालन गरेको छ । बैशाख २ गते देखि १० सम्म सञ्चालन हुने उक्त अफरमा स्मार्टडोकोले एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल इत्यादि ब्राण्डहरुमा छुट दिने भएको हो ।

आफ्ना सामानहरु रिंग रोड भित्र निःशुल्क डेलिभरी गर्दै आएको स्मार्ट डोकोले दिउसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी गर्दै आएको छ भने भुक्तानी नगद तथा कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिने जनाएको छ ।

स्मार्ट डोकोका १८ विभिन्न उत्पादन र उप–उत्पादनहरु छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ ।

स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, नारायणघाट, बिरगञ्ज, इटहरी, धरान, दाङ, नेपालगञ्ज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुने दावी गरेको छ ।

कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ–‘ढिलो नगर्नुस ! आफूलाई चाहिएका सामानहरु यहि बैशाख १०, २०७६ भन्दा अगाडी स्मार्ट डोकोसँग खरिद गर्नुस ।’

Comments

Top