ठगीबाट जोगिन बतासको यस्तो हत्कण्डा, सिआईबीले पत्रकार पक्रदा चौर्तर्फी बिरोध

giri

 काठमाडौं । ठगीको समाचार लेखेको आरोपमा पत्रकार अर्जुन गिरीलाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले  पक्राउ गरेको छ । जग्गा विवाद सम्बन्धी समाचार लेखेका गिरीलाई सिआईबीको पत्रको आरोपमा कास्की  प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको छ ।

 ताण्डव न्युज साप्ताहिक र ताण्डवन्युज डट कमका सम्पादक गिरीले व्यवसायी वीपेन्द्रराज  बतासले जग्गामा ठगी गरेको समाचार लेखेका थिए । बतासले दुईजनाबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा गिरीले  समाचार लेखेका थिए  ।

 समाचारमा बतासले व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमश: १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ। वीपेन्द्रराजले प्रहरीको सिआईबीमा अर्जुनविरूद्ध साइबर अपराध गरेको भनी उजुरी गरेको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गरी कास्की प्रहरीले गिरीलाई सोमबार पक्राउ गरेको जनाएको छ । 

 पत्रकार गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। त्यस्तै प्रेस सेन्टर नेपालले पनि  पत्रकार गिरी पक्राउको घटनाको बिरोध जनाएको छ।  गिरी नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य पनि हुन्।  गिरीले  आफ्नो पत्रिका र अनलाइन दुबै दर्ता हुँदाहुँदै सिआईबीलाई आर्थिक प्रभावमा पारेर वीपेन्द्रराजले आफुलाई पक्राएको आरोप लगाएका छन् ।

 समाचार लेखेकै भरमा अपराध मुद्दा लगाएर पत्रकार पक्राउ परेपछि समाजिक सञ्जालमा यसको विरोध चर्को बिरोध भएको छ । यसैबीच वीपेन्द्रराजलाई प्रेस काउन्सिलले उक्त अनलाइन सुचिकरणमा नभएको जानकारी दिएको छ। तर, सुचना बिभागले भने सबै विवरण ठिक छ भन्दै दर्ता गरेको छ । 

Comments

Top