डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

bus

 डडेलधुरा । डडेल्धुराको साउखर्कमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा  २६ जना घाइते भएका छन् । धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरेका छन् ।

 प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको छ। 

Comments

Top