बीआरआईको सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी चीन प्रस्थान

bhandari

 काठमाडौं। ९ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी चीन प्रस्थान गरेकी छिन‍्। बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी आज चीनतर्फ गएकी हुन्।

 राष्ट‍्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगाएतका उच्च अधिकारीहरुले बिदाइ गरेका थिए  ।

 राष्ट्रपति भण्डारीको टोली विमानस्थलबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट चीन गएको हो। अप्रिल २६ र २७ मा हुने बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ।

Comments

Top