हनुमन्ते नदि सफाई अभियानको ६०औं हप्ता , साँगा चोकमा सिसी क्यामेरा जडान

60 C

भक्तपुर । जिल्लालाई देशकै नमुना सफा र समृद्ध शहर बनाउने उद्देश्यका साथ संचालन भइरहेको हनुमन्ते नदि सफाई अभियानको ६०औं हप्ता पूरा भएको छ । हनुमन्ते नदि सफाई अभियानको आजको कार्यक्रममा अरनिको राजमार्ग सडक खण्ड अन्तर्गत भक्तपुर र काभ्रेको सिमाना साँगा चोकमा सफाई गरियो ।

Hanumante 60 a

सफाई अभियानसँगै राजमार्गको सफाई अभियानलाई परिणाममुखि बनाउने एवम् फोहोर गर्नेहरुमाथि निगरानी गर्ने उद्देश्यका साथ राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्नेक्रमसँगै
आजै साँगाको सुर्य मोडमा पनि सिसी क्यामेरा जडान गरिएको छ। बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरिसंह बादे श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा उनले भक्तपुरमा सञ्चालित सफाई अभियान आफ्ना लागि पनि प्रेरणा भएको बताउँदै यस्तै अभियान बनेपामा पनि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

60 B

भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा शुरु भएको हनुमन्ते नदि सफाइ अभियानले ६०औं हप्ता पूरा गर्दा अभियान सफल भएको स्थानीयबासीहरुको भनाई छ । बस्नेतले भक्तपुरमा हनुमन्ते नदि सफाई अभियान मात्र नभई करिडोर निर्माण, भक्तपुको जाम नियन्त्रणका लागि पहल, प्राणि उद्यान केन्द्र स्थापना, अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण तथा स्थानीयबासीको समस्या समाधानमा क्रियाशिल छन् ।

60 D

कार्यक्रममा सूर्यबिनायक नगरपालिकाका उप–प्रमुख तथा हनुमन्ते नदी सफाई अभियानका उप–संयोजक जुना बस्नेत, बनेपा नगरपालिकाका उप–प्रमुख रेखा दहाल, सूर्यबिनायक नगरपालिका वडा नं ९ का वडा अध्यक्ष्य उपेन्द्र के सी, नेपाल प्रहरी, नेपाल रेडक्रस , सुर्यबिनायक नगरपालिकाका सफाई दुत एबम् बरिष्ट चलचित्र र्निदेशक मदन घिमिरे, जिबन बिज्ञान , पातञ्जल योग समिती ,वेभ ग्रुप, नेप्सेम्याक, नेपाल फुलबारी ,बिभिन्न संघ सस्था लगायत स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको अभियानका उत्प्रेरक रुद्र पौडेलले बताए । 

60 F

60 G

Comments

Top