च्याम्पियन्स लिगका लागि छानियो चेल्सी

chelsi

  काठमाडौं । प्रिमियर लिगमा आइतवार वाटफोर्डलाई पराजित गरेपछि चेल्सीले शीर्ष चारमा स्थान सुरक्षित गर्दै अर्को सिजनको युरवपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।

आइतवार भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३–० ले पराजित गरेको हो। जितपछि चेल्सीले ३७ खेलबाट ७१ अंक जोडेको छ।घरेलु मैदानमा चेल्सीको लागि रुबेन लुफ्टस चिक, डेविड लुइज र गोन्जालो हिग्वेनले एक–एक गोल गरे।

उता बराबरी हडर्शफिल्ड टाउनसँग १–१ को बराबरी खेलेको म्यानचेष्टर युनाइटेड भने शीर्ष चारमा नपर्ने पक्का भएको छ। बराबरीपछि युनाइटेडको ३७ खेलबाट ६६ अंक छ र छैटौँ स्थानमा छ। युनाइटेडले बाँकी खेल जिते पनि चौथो स्थानको टोटनहम (७०) लाई भेट्ने छैन्।

Comments

Top