निर्वाचनको मुखमा मेरो बद्नाम गराउन गिरोह नै परिचालन गरियो : एनआरएनए गल्फ उप–संयोजक गुरुङ

prabinn

 दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद गल्फ उप–संयोजक प्रवीन गुरुङले निर्वाचनको मुखमा आफ्नाविरुद्ध पत्रपत्रिका र केही अनलाइन सञ्चारमाध्यममा गलत समाचार प्रवाह गरेर बद्नाम गरिएको उल्लेख गरेका छन् ।

गुरुङले विज्ञप्ति जारी गरेर आफूविरुद्ध केही मिडियामा आएका समाचारहरूमा कुनै सत्यता नरहेको बताएका हुन् । गुरुङले  आफ्नाविरुद्ध लेखिएको समाचार कपोलकल्पित र भ्रामक समाचार रहेको भन्दै विश्वास नगर्न अनुरोध गरेका छन् ।

गुरुङले आफ्ना र आईसीसी सदस्य मनोज गोर्खालीको नाम जोडेर गलत समाचार प्रकाशित गर्ने संचार माध्यमलाई कारबाहीको माग समेत गरेका छन् ।

‘चितवन घरभै कतारमा लामो समयदेखि निजी व्यवसायको अतिरिक्त नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् गल्फ उप–संयोजक पदमा वहाल रहँदै आएको र गैर आवासीय नेपालीहरूको महान अभियानमा हिजो, आज र भोलिका दिनहरूमा समेत निरन्तर रहनेछ’, उप–संयोजक गुरुङले भनेका छन् ।

सामाजिक अभियानमा निरन्तर रहेको भन्दै उनले सामाजिक कार्यको अतिरिक्त कतारमा आफ्नो निजी व्यवसाय पनि संचालन गर्दै आएको बताएका छन् ।

उनले दुःखमा परेका नेपाली दाजुभाइहरूलाई रोजगारी समेत दिँदै आइरहेको विज्ञप्तिमार्फत जनाएका छन् ।

आफूलाई लक्षित गरी केही सञ्चारमाध्यमले चरित्रहत्या गरेकोमा उनले बताएका छन् । ‘समाचारमा भनिए जस्तो कुराहरूको पुष्टि भएमा कारवाहीको भागिदार हुन तयार छु’, उनले भनेका छन्, ‘गलत समाचार लेखेर भ्रम फैलाउने पक्षले पुष्टि गर्न नसकेमा उक्त संचार माध्यमलाई कारवाहीको दायरामा ल्याई प्रचलित कानूनअनुसार कारवाही गर्नुपर्छ ।’

 कतारमा नेपाल आइडलदेखी  भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले सफलतापुर्वक सम्पन्न गरेका प्रविन गुरुङले मध्यपूर्वमा नै पहिलो पटक ‘नाइट क्लव’ संचालनमा ल्याएर ब्यवसायको विस्तार गरेका छन् । मध्यपूर्वमा नै पहिलो पटक नेपालीले नाइट क्लवमा झण्डै १२ करोड लगानी गरेर संचालक बन्ने गुरुङ पहिलो नेपाली हुन् ।

 रेष्टुरेन्ट, कन्ट्रक्शन कम्पनी तथा अन्य व्यवसायमा नेपालीहरु कतारमा लागिरहेका बेला गुरुङले नयाँ क्षेत्रको व्यवसायमा हात हालेका हुन् । नले नयाँ दोहोरी सांझ पनि सन्चालनमा ल्याउन लागेका छन् । आसन्न एनआरएनएको निर्वाचनमा मध्यपूर्व संयोजकका लागि तयारी गरिरहेका बेला एउटा गिरोहले आफु विरुद्द मिडियामा गलत सुचना प्रवाह गरेको समेत उनले वताए। तर आफु कति पनि बिचलित नभएको गुरुङले वताए।

Comments

Top