आईपीएल क्रिकेटको उपाधी मुम्बई इन्डियन्सलाई

mumbaiindians

 काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको मुम्बई इन्डियन्सले हात पारेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि जितेको हो ।

 हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो ।

 मुम्बईको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले समान १५-५ रन बनाए ।
दीपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए । चेन्नईका शेन वाट्सनले ८० रन बनाए । फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन जोडे । कप्तान महेन्द्रसिंह धोनी २ रनमा आउट भएका थिए ।

 

Comments

Top