२४ करोड कुम्ल्याएर नयाँ सन्देश फरार

sahakari

   काठमाडौं । सरकारको फितलो नियमनका कारण वित्तीय संस्थाहरुले सर्वसाधरणको करोडौं रकम कुम्ल्याएर भाग्ने गरेको तथ्यांक हामीसँग धेरै छन् । सरकारी तथ्यांकले गत वर्ष मात्रै मुलुकभरबाट ८३ वटा सहकारी संस्था फरार रहेको देखाउँछ । ती संस्थामा सर्वसाधारणको कति रकम डुबेको छ भन्ने यकिन तथ्यांक छैन । तर, सरकारले खासै उल्लेखनिय कदम चाल्न सकेको छैन । अर्बौं रकम फसेको बचतकर्ताहरुको दावी छ ।

यस्तै घटना फेरि अहिले पनि दोहोरिएको छ । बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक बचतकर्ताको २४ करोडभन्दा बढि रकम कुम्ल्याएर फरार भएपछि यो रहस्य खुलेको हो ।

साढे २१ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजनाको नाममा बूढानीलकण्ठ नगरपालिकाका झण्डै २ हजार जनाको कुम्लाएको पीडितहरुको दावी छ ।

निक्षेपकर्ताहरूले सहकारीले ठगी गर्न लागेको चाल पाएपछि गत पुस १५ गते ५ नम्बर वडाका अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत गरेका थिए ।

छलफलमा सहभागी एक निक्षेपकर्ताका अनुसार अध्यक्ष ठकुरीले ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेका थिए । तर, ४५ दिनसम्म पनि पैसा फिर्ता गर्न त परै जाओस् सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरूले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् ।

Comments

Top