जथाभावी निक्षेप तान्न खोज्ने बैंकहरुमाथि राष्ट्र बैंकको डण्डा

NRB

  काठमाडौं । बैक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको अभाव भइरहेको अहिलेको अवस्थामा बैकहरु बीच निक्षेप संकलनमा अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएको छ । बैकहरुले विभिन्न स्कीम निकाले ग्राहकहरुलाई आफूतर्फ तान्न अनेक हत्कण्डा अपनाइरहेका छन् । यति मात्र होइन, कतिपय सहकारीहरुले त बढी व्याज दिने नाममा करौडौ कुम्ल्याएर फरार भएको तथ्यांक पनि छ ।

यसरी सर्वसाधारणको रकम जम्मा गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा भएपछि नियमक निकाय नेपाल राष्ट्र बैंकले कडाइ गरेको हो ।केही दिनअघि निक्षेप तान्न उपहार योजना संचालन गर्न नपाइने निर्देशन जारी गरेको राष्ट्र बैंकले आइतबार तीन महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाइने व्यवस्था गरेको छ ।

लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरुले सीसीडी सन्तुलनमा राख्न उच्च ब्याजदरका साथै उपहार योजनामा समेत प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंक कठोर बनेको हो ।

अब बैंकहरुले ९० दिनभन्दा कमको मुद्दती निक्षेप उठाउन पाउनेछैन । यसअघि बैंकहरुले ६० दिनको, ७५ दिनको मुद्दती निक्षेप योजान समेत संचालन गर्ने गरेका थिए ।

राष्ट्रबैकको यो व्यवस्थाले बैकहरुमा फेरी लगानी योग्य रकमको अभाव देखिने भएको छ । जसको मार फेरी कर्जा प्रवाहमा देखिने छ र बैकहरुले व्याजदर पनि बढाउन सक्नेछन् । तर यस सम्बन्धमा बैकहरुको सस्था नेपाल बैकर्स संघले यो समाचार तयार पार्दा सम्म आफ्नो केही धारणा सार्वजनिक गरेको छैन ।

 

 

Comments

Top