‘हजुरको सरकारले ल्याएको विधेयक फिर्ता लानुस्’

balkrishna khad

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल सम्बधी विधेयक ल्याउन लागेकोप्रति आपत्ति जनाएको छ। प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ विधेयक ल्याउन लागेको भन्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले विधेयक ल्याउँदा मौलिक अधिकारलाई नै कुण्ठित गर्ने खालको ल्याएको आरोप लगाए।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सचेतक खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभुति गर्छु भन्ने सरकारले विधेयक ल्याउँदा संविधानमा उल्लेखित व्यवस्था विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गरे।

संविधानको धारा १७ को १ क मा विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र सञ्चारको हक पनि राखिएको उल्लेख गर्दै उनले मौलिक हक प्रत्याभुतिका लागि बनेका कानुनको स्मरण पनि गराए ।

संसदमा उनले भने–‘हजुरको सरकारले विधेयक ल्यायो। नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक। यो विधेयक विल्कुलै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, बैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको छ। त्यसैले यो फर्काएर लैजानुहोस् भन्ने हाम्रो आग्रह छ।’

Comments

Top