एसएसपीको नाम बद्नाम गराउँदा पक्राउ परेका 'क्रसर डन' यसरी छुटे

krasardon

 काठमाडौं । क्रसर व्यवसायी संघ ललितपुरका अध्यक्ष सुदर्शन विष्ट पक्राउ परे पनि ठुलो 'पावर' लगाएर छुटेका छन् । उनी क्रसर डनका रुपमा परिचित छन् । अबैध  रुपमा कर उठाएको सूचनाको आधारमा सोधपुछका लागि पक्राउ परेका विष्टलाई सोधपुछपछि छोडिएको प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकले जानकारी दिए ।

 बिष्टका अन्य दुई सहयोगीलाई भने प्रहरीले खोजी गरिरहेको जनाएको छ।  विष्टलाई गोदावरी–१० स्थित आफ्नै निवासबाट परिसर प्रमुखले भेट्न बोलाउनु पर्छ भन्दै गाडिमा बोलाएर हत्कडी लगाएर परिसर लगेको थियो ।

 विष्टलाई परिसर पु-याएपछि सिधै थुनामा राखेर कानुनले बन्देज गरेका गतिविधि सवारीमा अबैध कर उठाउने लगायतमा संलग्न भएको अभियोग लगाई अदालतबाट म्याद थप गर्ने तयारी भएको थियो। ।

तर,  पूर्व सांसद शुसीला नेपाल सहितकोे टोली परिसर पुगेर दवाब दिई विष्टलाई छुट्टाउन सफल भएको बताइएको छ । विष्टलाई पक्राउ पर्नुको कारण क्रसर मात्र नभइ अरु पनि रहेको  थियो ।

 क्रसर व्यवसायी संघले टिकाभैरब नल्लु खोलाबाट बाहिरिने सवारीमा अबैध तरिकाले बाटो मर्मत लगायतको बहानामा रकम असुल गरिरहेको कुरा सार्वजनिक भएपछि प्रहरीले बिष्टलाई पक्राउ गरेको थियो। ।

अबैध धन्दाबाट उठेको रकम प्रहरी परिसर प्रमुख, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला समन्वय समितिका सभापति, गोदावरी नगरपालिकाका मेयर लगायतलाई खर्च छुट्टाउनु पर्छ भन्ने अभिव्यक्ति दिँदै हिडेको भन्दै अध्यक्ष विष्टलाई पक्राउ गरिएको थियो ।

 परिसर प्रमुख लगायतका ब्यक्तिको हुर्मत लिदै हिडेको सूचना पाएपछि परिसर प्रमुख धानुकले विष्ट लगायत अन्य दुई क्रसर व्यवसायीलाई पक्राउ गर्न घुमुवा प्रहरीको टोली गोप्य रुपमा परिचालन गरेको थियो । सरकारी अधिकारीको हुर्मत लिने विष्टलाई पक्राउ गरेको जानकारी कसैलाई नदिई परिसरको थुनुवा कक्षमा राखिएको थियो ।

 अध्यक्ष बिष्टलाई पक्राउ गरेको थाहा पाएपछि पूर्व सांसद नेपाल सहितको टोली परिसर पुगेको थियो । एसएसपी धानुकले अध्यक्ष बिष्ट बिरुद्ध कारवाही गर्न फाईल तयार गर्न दिएको निर्देशन समेत नेताको कानमा परेपछि बिष्ट साधारण तारेखमा छुट्न सफल भएका हुन ।

Comments

Top