हनुमन्ते नदि सफाई अभियानको ६३औं हप्ता पूरा

63 A
भक्तपुर ।
‘उठौं, जागौं हनुमन्ते नदि सफा गर्न सबै लागौं’ भन्ने मुल नाराका साथ शुरु भएको हनुमन्ते नदि सफाइ अभियानको ६३औं हप्ता पूरा भएको छ । समग्र भक्तपुरलाई सभ्य,स्वच्छ र सफा जिल्ला बनाउने उद्देश्य सहित सञ्चालित सफाई अभियान अन्तर्गतको हनुमन्ते नदि सफाई अभियानमा आज अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सल्लाघारीमा रहेको सफाई अभियान कार्यालय आसपास सफाई गरियो ।

सफाई अभियानमा बोल्दै प्रमुख अतिथि सूर्यविानायक–सिन्धुली–बर्दिबास सडक आयोजना प्रमुख सूर्यबहादुर भाटले अभियानको सफलताको कामना गर्दै स्थानीय जनसमुदायको उपस्थिति अझै बढाइनु पर्ने बताए ।

63 B

कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै भाटले भने–‘यस्तो सामाजिक अभियानमा लाग्नु हुने सम्पूर्ण अभियान्ता, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, विविभन्न संघ संस्थाका प्रतिनिधि तथा विद्यार्थी एवम् सुरक्षा निकायका प्रतिनिधिहरु धन्यवाद दिन चाहन्छु ।’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एबम् भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महेश बस्नेतको अगुवाई एवम् सूर्यविनायक नगरपालिकाको संयोजनमा सञ्चालित यो अभियान अभियानको सकारात्मक सन्देश बढ्दै गएको छ ।

63 c

अभियानलाई अझै प्रभावकारी बनाउन प्रविधिमय पनि बनाइएको छ । अरनिको राजमार्गका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्नेदेखि कोरियन प्रविधिबाट फोहोरमा रहेका किटाणु नष्ट गर्ने काम समेत भएका छन् ।

आजको सफाई कार्यक्रममा सामाजिक अभियान्ताहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, जीबन बिज्ञान, वेभ ग्रुप, नेप्सेम्याक, नेपाल फुलबारी, बिभिन्न संघ संस्थालगायत स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

Comments

Top