वर्ल्ड लिंकको नाममा ठगी गर्ने अपराध महाशाखाको पन्जामा

thagin

 काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकमा कार्यरत सुशान्त ओझा भन्ने निरज कुईकेलले कम्पनी छोडेर पनि कर्मचारी भन्दै ठगी गरेको खुलेपछि महानगरिय अपराध महाशाखाले पक्राउ गरेको छ।

 २०७५ साल माघ महिनाबाट कम्पनीमा काम गर्न छोडी कम्पनीको मोवाईल र परिचय पत्रको दुरुपयोग गरी काठमाण्डौंका बिभिन्न स्थानमा गई इन्टरनेट जोडने, रकम असुली गर्ने, पैसा नदिए लाईन काटने लगायतका कार्य गरी रहेको भन्ने बिशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गरेको हो। प्रा

 रम्भिक अनुसन्धानका क्रममा कुईकेलले १५ जना भन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहक समेत बनाई अबैध रुपमा ६५,०००।-(अक्षरुपी पैसठ्ठी हजार) भन्दा बढी रकम असुल गरेको खुलेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले वताए। कुईकेललाई ठगी मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भईरहेको छ ।

 

Comments

Top