सामसुङको आधिकारीक सेवा केन्द्र दमौलीबाट पनि शुरु

imsn

 काठमाडौं। नेपालभर १६ वटा सामसुङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १७ औं सेवा केन्द्र तनहुँको कालिका मार्ग दमौलीमा सुरु गरेको छ ।

 सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ र सर्भिस मेनेजर कुनाल गुरुङले गरेका हुन  । 

 आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले आफ्ना अमुल्य ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै मुख्य उदेश्य रहेको वताएका छन् । प्रत्येक सेवा केन्द्रको स्थापनासंगै आफ्नो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई विक्री पछिको सेवा प्रदान गर्नु रहेको अध्यक्ष मल्होत्राले वताए।

Comments

Top