विष्णु माझीको अनुसन्धानमा कृष्ण पहाडीको अभिनय

anusandhan

 काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको स्वर र जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘अनुसन्धान’ सार्वजनिक भएको छ ।

धुन नेपालको प्रस्तुतिमा सार्वजनिक ‘अनुसन्धान’ भिडियोलाई धुन नेपालले नै बजार व्यवस्थापन गरेको छ । गीतमा गायिका बिष्णु माझी र नवगायक अशोक विकको स्वर रहेको छ ।

निर्देशक डि आर सुजनको निर्देशनमा रहेको गीतमा शब्द सागर रेग्मीका हुन् भने लय किशोर खत्रीले गरेका छन् ।

गीतमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवालगायत कलाकारहरुको अभिनय छ ।

रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्त गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।

 

Comments

Top