प्लेनमा बम राख्ने योजना बनाइरहेका ४ जना पक्राउ

काठमाडौं : अष्ट्रेलियाको प्रहरीले सिड्नीको बिभिन्न स्थानहरुमा शनिबार छापामारी हवाइजहाजमा बम राख्ने योजना बनाइरहेका संदिघ्ध ४ जनालाई पक्राउ गरेको छ। अधिकारीहरुका अनुसार संदिघ्धहरुले हवाइजहाजमा बम राख्ने योजना बनाएदै गरेको सुचनाका आधारमा छापामारीएको बताएका छन्। प्रधानमन्त्रि म्यालकम टर्नबुलले अष्ट्रेलियालीमा आतंकबादलाई निस्तेज पार्न शनिबारको छापामारीएको बताएका छन्। उनले भने–‘आतंकबादी आक्रमणको योजनालाई रोक्न र खतम पार्न हाममिले यो कदमलाइ अघि सारेका हौ।’ शनिबारको कारबाही अष्ट्रेलीयाको संघिय प्रहरीको संयोजनमा साउथ वेल्स स्टेट प्रहरी र अष्ट्रेलियन सेक्यूरिटी इन्टेलीजेन्स अर्गनाइजेसन संयूक्त रुपमा गरीएको थियो। शनिबार प्रहरीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ–‘चार जनालाई हिरासतमा लिएको छ र उनिहरुले अनुसन्धानमा सहयोग गरिरहेका छन्।’ चालीस जना बिशेष सुरक्षा अधिकारीहरुले यो बारबाहिमा भाग लिएका थिए। बिष्फोटक पदार्थ सम्बधि हेर्ने बिशेष दस्ताले छापामारीएको स्थानबाट संकास्पद उपकरण समेत बरामद गरेको थियो। प्रधानमन्त्रि टर्नबुललाई सुरक्षा एजेन्सिका प्रमुखले शनिबार गरीएको कारबाहिको प्रगतिबारे जानकारी गराएका थिए। प्रधानमन्त्रि टर्नबुलले एक बिज्ञप्ति जारि गर्दै भनेका छन्–‘अष्ट्रेलियनहरुको सुरक्षा भनेको मेरो र सरकारको पहिलो प्राथमिकता हो। हामिलाई सुरक्षित राख्न हाम्रो सुरक्षा निकाय र इन्टेलीजेन्स निकाय निरन्तर लागीपरेको पनि निस्चितता दिनु पनि हो।’ – एजेन्सी

Comments

Top