माला लिम्बु बनिन् ढकालको भ्यालेन्टाइन

काठमाडौं  । पपगायन देखि फिल्मको प्लेब्याकगायन सम्म आफूलाई फराकिलो दायरामा प्रस्तुत गर्दै आएका गायक एवं सगितकार बिनोद ढकाल हट मोडल माला लिम्बुको अगाडी रोमान्टिक बनेका छन् । बिनोदको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनोको भिडियो युट्युवमार्फत रिलिज गरेका छन् ।

 उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु किक्याहो गाँजा तानीतानी, भ्रुम भ्रुमलगायतका सफल गीत पस्किएका बिनोदले यसअघि बाजेले गितार बजाको बज्यै नाच्न लजाको बोलको म्युजिक भिडियो बजारमा ल्याएकाथिए ।

 बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएकाहुन् । अहिले बजारमा ल्याएको भ्यालेन्टिनोले यस अघिका गीत भन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए ।

Comments

Top