नेपाल यू–१९ विश्वकपमा छनोट हुन असफल

काठमाडौं । अफगानिस्तानसँग ९६ रनले पराजित भएसँगै नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । सिंगापुरमा जारी प्रतियोगितामा नेपालले मंगलबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग दोस्रो पटक पराजित हुन पुग्यो । अफगानिस्तानसँँगको पहिलो खेलमा नेपाल १४१ रनले पराजित भएको थियो । प्रतियोगितामा शत प्रतिशत नतिजा हासिल गर्दै अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू–१९ विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

Comments

Top