फिल्म निर्माताले 'सेक्स प्रस्ताव' राखेको नायिकाको आरोप

काठमाडौं । ‘सायद २’की डेब्यु नायिका स्यारोन श्रेष्ठले नेपाली यति बेला फिल्मी बजार तताएकी छिन् । ‘सायद २’का आफ्नै निर्माता सुनिल रावललाई स्यारोनले ‘सेक्स’ प्रस्ताव राखेको आरोप लगाएपछि यो विषयले फिल्मीबजार तातिएको हो । ‘सायद २’ फिल्म रिलिज भएर हलहरूबाट उत्रिदै गर्दा स्यारोनले सुनिल रावलविरुद्ध किन ‘सेक्स’ प्रस्तावको आरोप लगाइन् त ? यसको प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ । फिल्म मेकर सुनिल रावलले स्यारोन श्रेष्ठसँग सेक्स प्रस्ताव राखेकै हुन त भन्ने विषयमा दुबै पक्षसँग जानकारी लिने प्रयास गरेको छ । तपाईलाई सुनिल रावलले सेक्स प्रस्ताव राख्नु भएकै हो ? भन्ने दैनिक नेपालको प्रश्नमा स्यारोन श्रेष्ठले भनिन, ‘हो उहाँले मसँग त्यो प्रस्ताव राख्नु भएको हो ।’ त्यस्तो प्रस्ताव राख्दा तपाईले प्रहरी वा यस्तै कुनै न्यायायिक निकायमा किन उजुरी दिनु भएन त ? भन्ने जिज्ञासामा स्यारोनले भनिन्, ‘मैले कतै उजुरी दिएन ।’ उजुरीका विषयमा स्यारोन मौन बसिन् । अहिले पनि कुनै निकायमा उजुरी दिनु भएको छ कि छैन ? भन्ने प्रश्नको जवाफमा नवनायिका स्यारोनले भनिन्, ‘अहिलेसम्म त कैत पनि उजुरी दिएको छैन । तर, भोलि (सोमबार) चलचित्र कलाकार संघले छलफलको लागि बोलाएको छ ।’ अहिले आएर निर्मातालाई यति ठूलो आरोप लगाउँदा तपाईको करियरमा त गम्भीर धक्का लाग्ने भयो नि ? भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘जे हुन्छ सामना गर्न तयार छु ।’ ‘सायद २’ की डेब्यु नायिका स्यारोनले तपाईलाई सेक्स प्रस्ताव राखेको आरोप लगाउनु भएको छ नि बास्तविकता के हो ? भन्ने प्रश्नको जवाफमा सुनिल रावलले भने, ‘यि सबै आरोपहरू झठ्ठा हुन् । यदि मैले स्यारोनजीलाई सेक्स प्रस्ताव राखेको थिएँ भने फिल्मको शुटिङ भइरहेका बेला मेराविरुद्ध न्यायायिक निकायमा उजुरी दिनु पर्ने थियो । उहाँले उजुरी किन दिनु भएन ? यदि उहाँलाई साँच्चिकै मेरा कारणले समस्या थियो भने त फिल्म छाड्नु पर्ने हो नि ? फिल्म पनि छाड्न भएन । अहिले आएर फिल्म नचलेपछि मलाई यस्तो गम्भीर आरोप लगाउनुको के कारण हो ? यो आरोप नै खोटपूर्ण छ ।’ तपाईले स्यारोनलाई दवावमा राखेर फिल्म शुटिङ गराउनु भयो होला भन्ने प्रश्नको जवाफमा सुनिल रावलले भने, ‘अहिलेको समय कसैले दवाव दिँदैमा मानिस दवावमा बस्दैन । उहाँ बच्चा पनि होइन । उहाँलाई मैले त्यस्तो कुनै नाजाय सम्बन्धका लागि दवाव दिएकै होइन र छैन । यि आरोपहरूमा कुनै सत्यता छैन ।’ हुन् पनि फिल्म रिलिज हुनु अगाडिसम्म सुनिल रावल र ‘सायद २’को बयान गरेर कहिल्यै नथाक्ने नवनायिका स्यारोन श्रेष्ठको अहिले आएर किन मन भाच्चिँयो कसैले बताउन चाहँदैनन् । स्यारोनले आफूलाई अन्याय भएको थियो भने प्रहरी वा राष्ट्रिय महिला आयोगमा गएर उजुरी दिनु पर्ने थियो । अहिलेको कानून महिलाका पक्षमा धेरै लचिलो पनि छ । तर, उनले कहिल्यै पनि उजुरी दिने आवश्यक्ता ठानिन् । बरु मिडियामा गएर आफूलाई सुनिल रावलले सेक्सका लागि प्रस्ताव राखेको आरोप लगाइन् । मिडियाबाजी गरेर एकाएक चर्चामा आइन् । आफैले डेब्यु गराएकी नायिका स्यारोनले सेक्सका लागि प्रस्ताव राखेको भनेर गम्भीर आरोप लगाएपछि भने सुनिलले निर्माता समाजमा यो विषयमा उजुरी दिएका छन् । अब सुनिल पनि आफूलाई गम्भीर आरोप लागेपछि यो विषयलाई यत्तिकै छाड्ने पक्षमा छैनन् । उनले सत्यतथ्य पत्ता लगाएर न्याय दिलाउनै पर्ने बताउनु थालेका छन् । होस्तेल, सायद, होस्टेल रिटन्र्स, सायद २ जस्ता फिल्महरू निर्माण गरेका सुनिल रावल नेपाली फिल्ममा राम्रा निर्मातामा कहलिन्छन् । तर, नवनायिकाले आफूलाई सेक्सको आरोप लगाएपछि भने उनी गम्भीर बनेका छन् । स्यारोनको यो आरोप पुष्टि हुन सकेन भने उनले ठूलो मूल्य चुकाउने पर्नेछ । मिडियाबाजी गरेर निर्मातालाई सेक्स जस्तो गम्भीर आरोप लगाएको अभियोगले स्यारोनलाई नेपाली फिल्ममा हिरोइन खोलाउन निर्माता र निर्देशकले दश पटकसम्म सोँच्नुपर्ने भएको छ । हुन त यस्ता हल्ला र आरोपहरू नेपाली फिल्मी बजारहरूमा दिन बिराएर आउने गरेका छन् । जसरी ती हल्ला बहिरिन्छन् त्यसै गरी सेलाउने पनि गरेका छन् । दैनिक नेपालबाट

Comments

Top