साहिद र आलिया उत्कृष्ट नायक–नायिका

काठमाडौं : आइफा अवार्ड अमेरिकाको राजधानी न्यूयोर्कमा सम्पन्न भएको छ । बलिउड कलाकारहरुको बाक्लो उपस्थितीमा अवार्ड आयोजना भएको थियो । भारतकै सर्वाधिक चर्चित र प्रतिष्ठित मानिएको यस बर्षको अवार्डमा साहिद कपुर र आलिया भट्टले उत्कृष्ट नायक–नायिकाको अवार्ड जितेका छन् । भने ‘निरजा’ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो । कपुर र भट्टले ‘उड्ता पंजाब’बाट उत्कृष्ट नायक–नायिकाको अवार्ड जितेका हुन् । उत्कृष्ट निर्देशकको अवार्ड भने चलचित्र ‘पिंक’बाट अनिरुद्धा रोय चौधरी जिते । त्यसैगरी बरुण धवनले उत्कृष्ट ‘हाँस्य कलाकार’को अवार्ड जिते भने अनुपम खेरले उत्कृष्ट सह–अभिनेताको अवार्ड हात पारे । शवना अज्मीले ‘निरजा’ चलचित्रबाट उत्कृष्ट ‘सह–अभिनेत्री’को अवार्ड जितिन् । ‘उड्ता पञ्जाब’बाट दिलजित दोसाँजले ‘उत्कृष्ट नव–नायक’को अवार्ड जिते भने चलचित्र ‘एम एस धोनी’बाट नायिका दिसा पटानीले ‘उत्कृष्ट नव–नायिका’को अवार्ड जितिन् ।

Comments

Top