क्लव डेजा भुमा ब्रिटिश गायक जे सनको प्रस्तुती, पूर्व युवराज पारस पनि पुगे

काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित क्लव डेजा भुमा ब्रिटिश गायक जे सनले विशेष प्रस्तुति दिएका छन् । बुधबार मध्यराति सुरु भएको विशेष कार्यक्रममा जे सनले लगातार दुई घण्टासम्म प्रशंसकका माझ प्रस्तुति दिएका थिए । विश्व प्रसिद्ध बेलायती गायक जे सनको प्रस्तुति हेर्नका पूर्वयुवराज पारस शाहदेखि भीभीआइपी र भीआइपीहरू क्लब डेजा भु पुगेका थिए । केही महिना अगाडि मात्रै खुलेको क्लव डेजा भु दक्षिण एसियामा उत्कृष्ट दशभित्र पर्छ । जे सनले ‘मेक माई लभ’, ‘स्टोलन’, ‘डाउन डाउन’, ‘आइ एम अल योर्स’ लगायत आफ्ना थुप्रै गीत गाएका थिए । युहान इन्टरनेशनलले ‘ब्ल्याक रिलिजन’ सांगीतिक श्रृङ्खलाअन्तर्गत जे सनलाई काठमाडौंमा ल्याएको हो । जे सन कन्सर्ट सकेर बिहीबार नै स्वदेश फर्कि सकेका छन् । विश्व चर्चित गायक जे सन ‘ब्रिटिस आर एन्ड बी’ ब्यान्डसहित काठमाडौं आएका थिए । सन् २००९ देखि २०१२ सम्म लगातार चारवर्ष बेलायतको नब्बर एक गायक रहेका सन काठमाडौंमा आफ्ना लोकप्रिय गीत सुनाए ।

Comments

Top