जेलको सट्टा २ लाख ५२ हजार युरो जरिवाना तिर्दै मेस्सी

काठमाडौं : स्पेनिस अदालतले फुटबल स्टार लिओनल मेस्सीले २१ महिना जेललाई जरिवानामा रुपान्तरण गरेको छ । कर छलीको आरोपमा मेस्सीलाई २१ महिना जेल सजाय सुनाइएको थियो । तर, अब उनले दिनको ४०० युरोका दलले २ लाख ५२ हजार युरो जरिवाना दिनु पर्ने अदालतले बताएको छ । सन् २००७ देखि ०९ सम्ममा ४।१ मिलियन पाउण्ड कर छली गरेको आरोपमा मेस्सी र उनका बुबा जोर्जे दोषी ठहरिएका थिए मेस्सीलाई २१ र उनका बुबालाई १५ महिना जेल सजाय सुनाइएको थियो । फैसलाविरुद्ध अर्जेन्टिनी फुटबलर मेस्सीले अपील गरेका थिए । तर, अदालतले त्यसलाई अस्वीकार गरेको छ । तर, उनको बुबाले भने केही कर तिरेको पाइएपछि जेल सजाय १५ महिनामा झारिएको थियो । यद्यपि स्पेनिस कानुनका कारण मेस्सीले एक दिन पनि जेलमा विताउन परेन । त्यहाँ २ वर्ष भन्दा कम समयको जेल सजायलाई जरिवानामा रुपान्तरण गर्ने व्यवस्था छ ।

Comments

Top