कट्रिना किन रिसाइन् रणवीरसँग ?

काठमाडौं : आफ्नो नयाँ फिल्म ‘जग्गा जासुस’ को प्रमोसनमा व्यस्त रहेका बलिउड अभिनेता रणवीर कपुरले मुम्बईकी एक युवतीसँग डेट गरिरहेको खुलासा भएपछि कट्रिनाना जलनमा परेकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार जग्गा जासुसको प्रमोसनका क्रममा नै यी युवतीसँग रणवीरको परिचय भएको थियो । रणवीरले आफ्नी नयाँ प्रेमिकालाई पूर्व प्रेमिका कट्रिनाना कैफसँग पनि भेटाएको बताइन्छ । तर, कैटरिना उनलाई भेट्दा त्यति खुशी नभएको बुझिएको छ । ति युवतीको बारेमा भने केही खुलाइएको छैन । सूत्रका अनुसार रणवीर कट्रिनानालाई जलाउनका लागि नयाँ गर्लफ्रेण्डबढि नै लसपस गरिरहेका थिए । गर्लफ्रेण्डसाथमा नहुँदा रणवीर लगातार उनलाई फोन गर्थे । अर्कोतर्फ कट्रिनाना ‘कुल’ देखिन प्रयासरत थिइन्, तर उनको अनुहारमा तनावको रेखाहरु दौडिरहेका थिए ।

Comments

Top