साम्राज्ञी र आकाशको रोमान्स

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा नाजिर हुसेन र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘तिमी सँग’को नयाँ गीत सार्वजनिक भएको छ । ‘लडे लडे समाउ मलाई...’ बोलको उक्त गीतमा साम्राज्ञी र आकाश श्रेष्ठको रोमान्स देख्न सकिन्छ ।

 गीत हिमाली भेगमा छायाँकन गरिएको छ । गीतमा संगीत राहुल मुखर्जी, रिदम कडेल र दिपक पाठकको रहेको छ, भने नृत्य कविराज गहतराजको छ ।

 शिशिर राणाले निर्देशन गरेको चलचित्र भदौ ८ मा रिलिज हुँदैछ । चलचित्र निर्देशक राणाले नै निर्माण गर्न लागेका हुन् । एनआरएन पर्यटक र नेपाली गाइड बिचको रमाइलो प्रेम कथा चलचित्र उठाएको छ ।

 

Comments

Top