अवैध लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १५ किलो ७ सय ग्राम सहित मनहरी गाउँपालिका–३ सिद्दकाली बस्ने ४० वर्षीय बाबुबल समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट बारातर्फ जाँदै गरेको ना.५ ख ५१२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस्तै सिराहा, लहान नगरपालिका–१ पानीटंकीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र बुप्रेनोर्फिन ३० एम्पुल सहित सोही नगरपालिका–१ बस्ने ४५ वर्षीय दयाराम ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका–७ बस्ने २२ वर्षीय विवश राई र २७ वर्षीय निरज चौधरी रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_67h5t9QUb3_xhes3e29wfjilsngz79emxthyhhrodfvo6ae0hsqx7umujhgmgm5narmbml6.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_F0VuvdHYgQ_76dx1jjdqqkvydv0vry7lsdal3b0s0be74g1ypg61fikgvjqq8pgobd9yrxn.jpg)
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ
%2520(11)_qzEjd7okyT_wsl0kyyjqndko0xq8f2gk00cteisuwkbm82dnp9ghlbl6zuwnodrtvivl02n_FFCSbMRQrx_rhu2a2qe3n80tfqoucwy843nugws2alh1l7q6zqhplvk8wj7cqtgfffznn3v.jpg)
पिकअप जिप दुर्घटना हुँदा बागलुङको ढोरपाटनमा १० जना घाइते
_7M3jaL335k_frilpsggfcgoulabzyk8ugtogpf4ojvgvh61ftzvpnkcygx2zrucaf5gvdab_GVjhCeMYgX_vnvg0mouquyieu6bwevkloqqzz8igsnqzqeaiujzakj8wqcvzvuh4ysasoy5.jpeg)
बुहारीको हत्या गरी फरार सासु चारबर्षपछि पक्राउ
%2520(4)_TZL6IKGMZ0_yzkev1haqgsy925gmeb8r91s6vlqb2lzaukfxwsyqwa9murvzfdcvrdyqtrv_Y4ePuXdfw7_laewpyhozwhjvcbvthlcqaw94ivspzycmguhb6knb7mfhiaxpscgxa7x34vi.jpg)
प्रतिक्रिया