बुहारीको हत्या गरी फरार सासु चारबर्षपछि पक्राउ
_7M3jaL335k_frilpsggfcgoulabzyk8ugtogpf4ojvgvh61ftzvpnkcygx2zrucaf5gvdab_GVjhCeMYgX_vnvg0mouquyieu6bwevkloqqzz8igsnqzqeaiujzakj8wqcvzvuh4ysasoy5.jpeg)
काठमाडौं ।
रौतहट प्रहरीले बुहारीको हत्या गरी फरार भएकी सासुलाई चारबर्ष पछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ६२ वर्षीय सायरा खातुनलाई पक्राउ गरेको हो । चार वर्षअघि आफ्नै बुहारीको हत्या गरी फरार भएकी खातुनलाई पुस २६ गते गढीमाई नगरपालिका–२ समनपुरबाट पक्राउ गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।
उनका अनुसार खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो.इन्ताज चुडिहारकी २२ वर्षीय श्रीमती निसनारा खातुनलाई हत्या गरेकी थिइन् । घटनापश्चात् उनी फरार भएकाले प्रहरीले खोजी गरिराखेको उनले उल्लेख गरेका छन् । अन्ततःखातुनलाई पक्राउ गर्न सफल भएको उनले जानकारी दिए । पारिवारिक विवादकै कारण सायरा खातुनले निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेको उनले बताए ।
अदालतबाट जारी भएको पक्राउ पुर्जी दिएर खातुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । प्रहरीका अनुसार रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_67h5t9QUb3_xhes3e29wfjilsngz79emxthyhhrodfvo6ae0hsqx7umujhgmgm5narmbml6.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_vwN3fu8ra5_qqtl1xeu3xewbnslqxi1jmehohskho0qmzs07y0k76scul1akkqnihwgdigu.jpg)
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ
%2520(11)_qzEjd7okyT_wsl0kyyjqndko0xq8f2gk00cteisuwkbm82dnp9ghlbl6zuwnodrtvivl02n_FFCSbMRQrx_rhu2a2qe3n80tfqoucwy843nugws2alh1l7q6zqhplvk8wj7cqtgfffznn3v.jpg)
पिकअप जिप दुर्घटना हुँदा बागलुङको ढोरपाटनमा १० जना घाइते

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
%2520(4)_TZL6IKGMZ0_yzkev1haqgsy925gmeb8r91s6vlqb2lzaukfxwsyqwa9murvzfdcvrdyqtrv_5A7AU62BVm_rpefb6u4gli7d0ywjw0cldir7jzv0rsymgatamwtvzz6x1hrh0xzoe9v7hcv.jpg)
प्रतिक्रिया