बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा
_pDyAinwWYa_ouvdcs333bfdxlezjwlniiudx42fjtn92culbaaw0wamtgna8renyhxup2li_1gIzQVmVEj_4vsb1opmqyh6iihwt4ih1jfnzh3cybu5mcbmv37eq8jcy4uqfxzotxyhmurr.jpg)
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । ‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ ।बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो । यस्तै, चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ ।
चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_b374NwSH7K_wsqgvx1qgd1np2rvxljmpkkia5lnnt4e0skhrhrukp3egpdo59e2mxdw0cav.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_Vtc4CLqNvI_9mfx9l32te8yv4x0oqz5vndjm7klwl303vvyukwjrroqdapakottvtgmgvgm.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ALqSlqI347_koaxo2jby6jknobkft7yv79seozyig8kmehp6yjmivv04nc5q2cmvpgalm3w.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_0I54FHPyGO_r1ufcyjpswae372x3qjjjksxt5c66pv6seoggsrfj78oowit712aldrngp9s.jpg)
प्रतिक्रिया