बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरौं : उपप्रधानमन्त्री सिंह

हेटौँडा ।
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको बताएका छन् । विहीबार हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजित समारोहमा हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री मन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले परिवारबाट बालबालिकामा आफ्नो भूमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने धारणा राखे । बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले काम गर्नुपर्ने पनि सिंहले बताए ।
उपयुक्त योजना र रणनीतिसहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उनले बालमैत्री नगर घोषणासँगै यसको दिगोपनमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।
‘हेटौँडाले व्याप्त कुरीति हटाउन एक्सनमा उत्रिएर वैज्ञानिक सूचक पार गरेर बालमैत्री घोषणा अभियानलाई सार्थकता दिन सफल भएको छ’ उनले भने, ‘हेटौँडा अहिले व्यवस्थित सहरको रूपमा विकास भइरहेको छ ।
नगरपालिकाबाट विस्तार हुँदै उपमहानगरपालिका र अब महानगरपालिकामा परिणत हुने चरणमा हेटौँडा पुगेको छ । उपमहानगरपालिका क्रमशः रूपमा समस्या र चुनौतीहरूको व्यवस्थापन सहित त्यसतर्फ अग्रसर भइरहेको छ ।’
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_rRjiEfZBBk_5wb9nnh7ntmb51tlhsgobjhssj5xovq5ged3lrevmwchqnwgaf71bw7roetd.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_xncCUuO2Rm_i7zdeeaqmwgbdrurusbqqtpqmkruynp361gpahwu7obwp5ncq3wu0kpimpq7.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_AUObajmG0u_pnl6hrt6vzjw3toq0hfycpiqhlaz3bujqxtnngk6a8lvotr2jju38vesyixh.jpg)
प्रतिनिधिसभाको बैठक बस्दै
%2520(1)_a6sSKr1w5C_swejjc0ujpexqawestnry0rzz6sic652hyllk5zp8blgioy614ocqte3uqji_HJ6cd76Dxn_zxel2izh5ds5u3sse8kgdl82hledei0wd63feiz9ctzxdzu0ompxjkobcmbu.jpeg)
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
%2520(20)_cLcH58Uuf9_gl7jfbnjxgcuwnefxjrpgt1vqal4fkvfldbh2e7isiukm2qljyvnpdq9jp3r_I4uwYWMEqJ_u2ew8sdzdcimcirljwtdaxbyyizy8yze8q1wxpoqmk1tenyonnszuurxwp5k.jpg)
आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_gD0DPbx6K6_ssgjwpbcka1ikglogfjcjkousqgcqkthgwyfbdudeyr4plquq2aax5grxlje.png)
प्रतिक्रिया